Friday, 21st August, 2026
वि.स.

थाहानगरको सिमभन्ज्याङमा योजना छनोटका लागि भेला

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ४ सिमभनज्याङको चौरमा टोल भेला सम्पन्न भएको छ । 

थाहा नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा संचालन गर्ने योजना छनोटका लागि भेला बसेको दावा लामाले विकासखबरलाई जानकारी दिए । 

योजना छनोटका लागि स्थानीय चुनावपछि पहिलो पटक यस्तो भेला भएको लामाले जानकारी दिए । थाहा नगरपालिका वडा नं. ४ का कार्यबहाक अध्यक्ष नारायण लामाको विशेष उपस्थितीमा भएको भेलामा वडा सदस्य रवि बिष्ट  थाहा–४ का वडा सचिव पाल्साङ लामा, थाहानगर होटल एशोसिएशनका अध्यक्ष शिव कुमार खत्री, एभरेष्ट युवा बिकास क्लब दामनको महासचिव दावा शेर्पा, सिमभन्ज्याङ बजार ब्यबस्थापन समितिको अध्यक्ष अमित लामा लगायतकाको उपस्थिती भएको थियो ।  

भेलामा सिमभन्ज्याङ, नारायणझ्याउ, माखु, ठुलो माखु, फापरबारी, जुरेथुम, जग्गरघारीका स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।  टोल बिकास योजनाको निम्ति प्रथम पटक आम नागरिकहरुमाझ भएको भेलामा उपस्तिथि हरेक टोलले आ–आफ्नो विकास योजनाका प्रस्तावहरु वडाका प्रतिनिधिहरु समक्ष राखेका थिए । टोल बिकास योजनाको निम्ति राखिएको भेलाले स्थानीयहरुले खुशी व्यक्त गरेका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif