Thursday, 20th August, 2026
वि.स.

थाहानगरको विसिङ्खेलमा अगुवा किसानलाई तालिम

मकवानपुर थाहा नगरपालिका वडा नं. १० मा एक दिने अगुवा कृषक घुम्ती तालीम सम्पन्न भएको छ ।

वन विज्ञान विश्व विद्यालय अनुसन्धान तथा प्रसार निर्देशनालय कृषि विज्ञान केन्द्र थाहा नगरपालिका ओखबजार बजारको आयोजनामा १० चैत्रमा चित्लाङको विसिङ्खेलमा तालिम सम्पन्न भएको हो ।

तालिममा १० नम्बर वडाका २५ जना अगुवा कृषकहरुको सहभागिता रहेको थियो । ट्रेमा नर्सरी क्याड उत्पादन सम्बन्धी सो तालिमको सहजीकरण कृषि वन विज्ञान विश्व विद्यालय अनुसन्धान तथा प्रसार निर्देशनालय कृषि विज्ञान केन्द्र थाहा नगरपालिका ओखबजार बजारकी कृषि प्राविधिक संगिता कार्कीले गरेकी थिइन् । कृषि विज्ञान केन्द्रले चालु आर्थिक वर्षमा थाहानगरको १२ वटै वडामा यस मिसिमको तालिम संचालन गर्ने जनाएको छ ।

कार्यक्रममा थाहा नगरपालिकाकी कृषि प्राविधिक कमला सुवेदी, आइपीएम प्रशिक्षक कर्ण गोपालीलगायतकाको समेत उपस्थिती रहेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०