Sunday, 23rd August, 2026
वि.स.

थाहानगरको विसिङ्खेलका अग्नीपीडितलाई पालुङ जेसीजको सहयोग

JCID-1591018862.jpg

मकवानपुर थाहा नगरपालिका थाहा नगरपालिका–१० विसिङ्खेलका अग्नीपीडित तीन परिवारलाई पालुङ जेसीजले प्याकेजमा खाद्यान्न वितरण गरेको छ ।  विसिङ्खेलमा तीन तले घर १७ जेठमा जलेर नष्ट भएपछि सो घरमा बस्दै आएका तीन परिवारलाई पालुङ जेसीज वर्ष २०२० का अध्यक्ष मनोज रायमाझीको नेतृत्वमा गएको टोलीले खाद्यन्न सहयोग गरेको ।

पालुङ जेसीजले प्रतिपरिवार २५ किलो चामल, २ प्याकेट नून, २ लिटर तेल र २ किलो दाल दिएको हो । जेसीजले विपतमा परेका मानिसहरुका लागि संचालन गरेको ‘फुड बैंक’ बाट पीडितलाई सहयोग गरेको पालुङ जेसीज वर्ष २०२० का अध्यक्ष मनोज रायमाझीले जानकारी दिए । सहयोग कार्यक्रममा पालुङ जेसीजका अध्यक्ष रायमाझी, महासचिब नवराज लामा, कोषाध्यक्ष संगम कार्की, उपाध्यक्षहरु निरज रायमाझी, विक्रम गोपाली, सुजन कार्की, प्रकरण निर्देशक जयराम खत्री, जेसी विनोद थिङ लगायतको सहभागीता रहेको थियो । 

सहयोग हस्तान्तरण कार्यक्रममा पीडित परिवारले जेसीजलाई धन्यवाद दिएका थिए । पीडित परिवारमध्ये आगलागीमा परी २८ बर्षीया किरणदेबी गमाल, उनको ८ वर्षीय छोरा जेम्स गमाल र कान्छो छोरा ८ महिनाको आवास गमाल घाइते भएकोमा उनीहरुको काठमाण्डौंमा उपचार भइहेको छ । 

आगोलागीबाट करिव ५० लाख बराबरको क्षति भएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०