Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

विद्यालय नर्स कार्यक्रमका लागि थाहानगरको बज्रवाराही र बागेश्वरी छानिए

बागमती प्रदेशले एक विद्यालय एक नसर्थ कार्यक्रम थप गर्ने विद्यालयहरु छनोट गरेको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले ७ असोजमा सूचना जारी गरेर विद्यालय छनोट भएको जानकारी दिएको छ । 

मन्त्रालयको सूचना अनुसार थाहा नगरपालिकाका दुई विद्यालय छनोट भएका छन् ।  एक विद्यालय उक नर्स कार्यक्रमका लागि थाहा नगरपालिका वडा नम्बर ६ को बज्रवाराही उच्च मावि र थाहा–११ को वागेश्वरी मावि छनोट भएको मन्त्रालयकी सूचना अधिकारी संगिता खड्काले जानकारी दिइन् । ६ असोजमा भएको प्रदेश मन्त्रीस्तरीय बैठकबाट विद्यालयहरु छनोट भएको खड्काले जानकारी दिइन् ।

थाहानगरमा अघिल्लो आर्थिक वर्षबाट जनकल्याण मावि थाहा–३ मा एक विद्यालय एक नर्स कार्यक्रम शुभारम्भ भएको थियो । 

बज्रवाराही मावि  ।बागमती प्रदेशको प्रत्येक स्थानीय तहमा दुई वटा थप विद्यालयमा विद्यालय नर्स राख्ने कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७÷०७८ बाट मकवानपुरमा २० विद्यालयमा कार्यक्रम थपिएको छ । 

 

 



https://www.thahatimes.com/public/images/users/AMBIKA-1588562241.jpg

अम्बिका के.सी.

ambikakc333@gmail.com

पत्रकार केसी थाहा टाइम्सकी संवाददाता हुन् ।