nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको बज्रवाराहीमा वृहत्त सांस्कृतिक कार्यक्रम

मकवानपुर थाहानगरको बज्रवाराहीमा सक्रिय नव प्रतिभा सांस्कृतिक युवा क्लबको आयोजनामा नेपाली हिन्दुहरुको दोस्रो महान चाड तिहारको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । क्लबले थाहानगरको बज्रबाराहीको सरस्वती १५ कात्तिकमा सम्पन्न गरेको हो । 

साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारका साथसाथै राष्ट्रिय स्तरमा स्थान बनाउन सफल कलाकारहरुले गित, नृत्यलगायतका क्रियाकलाप गरेका थिए । कार्यक्रममा चर्चित गायक रवि आर. एस., स्थानीय स्तरबाट राष्ट्रिय स्तरसम्म स्थान बनाउन सफल गायक प्रतीक गोपाली, दोश्रो थाहा आइडल देमन्त गोपाली लगायतले गित प्रस्तुत गरेका थिए  भने स्थानीय तथा क्लबका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । 

कार्यक्रम हेर्न थाहा नगरपालिकाका साथसाथै चित्लाङ, मार्खु आसपासका गाविसहरुबाट दर्शकहरूको उपस्थित रहेको थियो  । 

अनित विष्ट/थाहानगर