Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको नीति तथा कार्यक्रम पारित (पढ्नुहोस् पूर्णपाठ)

Nitee-01-1593012884.jpg

मकवानपुर थाहा नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम पास गरेको छ । १० असारमा भएको नगरसभामा उपप्रमुख खड्ग गोपालीले पेश गरेको नीति तथा कार्यक्रम पास भएको हो । 

नगरसभामा छलफल सहित नीति तथा कार्यक्रम पास गरियोस भन्ने नगर प्रमुख लवशेर विष्टको प्रस्ताव सभाले सर्वसम्मत पास गरेको हो । नगरले कृषि, स्वास्थ्य र रोजगारलाई केन्द्रित गर्दै नीति तथा कार्यक्रम सभा समक्ष पेश गरेको थियो । 

विभिन्न क्षेत्रगत रुपमा थाहानगरले नीति तथा  कार्यक्रम प्रस्तुत गरेको थियो । थाहा नगरपालिकाले स्रोत परिचालन, आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन, संस्थागत विकासका क्षेत्रमा नीति तथा कार्यक्रम प्रस्तुत भएको हो । 

नीति तथा कार्यक्रम पास भएसंग नगरसभा बैठक १९ असारसम्मका लागि स्थगित भएको छ । १९ असारमा बस्ने नगरसभा बैठकबाट बजेट पास गरिने नगर उपप्रमुख खड्ग गोपालीले बताए । 

हेर्नुहोस् थाहानगरको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमः
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०