Tuesday, 25th August, 2026
वि.स.

थाहानगरको दामन बजार पनि अनिश्चितकालिन बन्द

मकवानपुरको पर्यटकीय गन्तव्य दामनका होटल तथा पसलहरु अनिश्चित कालका लागि बन्द गर्ने निर्णय भएको छ ।

कोभिड–१९ को संक्रमणको जोखिम बढ्दै गएपछि २९ साउन साँझ बसेको दामनका व्यवायीहरुको बैठकले अनिश्चित कालका लागि बन्द गर्ने निर्णय भएको स्थानीय व्यवशायी सुरज अधिकारीले जानकारी दिए । हेटौंडाबाट त्रिभुवन राजपथ हुँदै थाहानगर प्रवेश गर्ने दामन बजार बाटैमा पर्ने भएकाले सजिलै संक्रमण हुन सक्ने जोखिमलाई मध्येनजर गरेर बजार बन्द गर्ने निर्णयमा पुगेको अधिकारीले बताए ।

साथै दामनका व्यवशायीहरुले कोभिडबाट सुरक्षित हुनको लागि सबैलाई अनुरोध गरेका छन् ।  यसअघि सिमभन्ज्याङका व्यवशायीहरुले पनि स्वतःस्फुर्त रुपमा बजार बन्द गरिसकेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif