Sunday, 23rd August, 2026
वि.स.

थाहानगरको तरकारीको बजारीकरणको विषयमा छलफल

Tarkari-1588611877.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रमा उत्पादित तरकारीको बजार व्यवस्थापनको विषयमा छलफल भएको छ । जिल्लाका सहकारी संघ मकवानपुरका पदाधिकारीहरु २२ वैशाखमा थाहानगरमै आएर यहाँको  तरकारी बजार व्यवस्थापनबारे छलफल चलाएका हुन् ।

थानाबजारमा भएको छलफलमा मकवानपुर जिल्ला सहकारी संघ अध्यक्ष नारायण प्रसाद देवकोटा, पदेन सदस्य बद्रीप्रसाद लम्साल, कोषाध्यक्ष बिमलकुमार ढकाल, मकवानपुर जिल्ला बचत संघ सचिब बिरेन्द्र कुमार ढुंगाना, सदस्य फणीन्द्र सुवेदी, कृषि सहकारी संघ मकवानपुर सदस्य राजकुमार के सी, पालुङ बहुउद्देश्यीय सहकारी सस्थाका उपाध्यक्ष कृष्ण बहादुर बिष्ट, सचिब अरुण रायमाझी, जनशक्ति कृषक सहकारी सस्थाका अध्यक्ष बिमल केसी लगायत सहभागी थिए ।  

छलफलमा थाहानगरको ठूलो परिमाणको तरकारी कसरी बजारमा पुर्याउने भन्ने बारे छलफल भएको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०