Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको जनकल्याण मावि नमुना विकासका लागि छनोट [एकसय विद्यालयको सूची सहित]

JKMV-1594953766.jpg

मकवानपुर थाहा नगरपालिकामा रहेको जनकल्याण माध्यमिक विद्यालय जिल्लामै एक मात्र ‘नमुना विकासका लागि’ घोषणा भएको छ । संघीय सरकारले देशभरबाट १०० वटा विद्यालयलाई नमुना विकासका लागि छनोट गरेकोमा थाहानगरको जनकल्याण पनि परेको हो । 

जनकल्याण माध्यमिक विद्यालय मकवानपुरमै एउटा मात्र नमुना विकासको लागि छनोट भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयको मानव स्रोत विकास केन्द्र अन्तर्गत रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले विद्यालयलाई नमुना विकासका लागि छनोट गरी ३१ असारमा सूचना प्रकाशन गरेको हो । 

छनोट भएका विद्यालयलाई ‘विद्यालय क्षेत्र विकास योजना’ अनुसार सबै स्थानीय तहमा क्रमशः नमुना विद्यालय विकास गर्ने लक्ष्य रहेको केन्द्रले जनाएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गतको यस परियोजनाको उद्देश्य आधारभूत तथा माध्यमिक तहमा सिकाईको नतिजामा सुधार गर्ने, माध्यमिक तहको परीक्षा प्रणालीलाई सुधार्ने, लैंगिक, सामाजिक, आर्थिक तथा भौगोलिक हिसाबले स्कुलमा सहभागिता बढाउने, माध्यमिक तहसम्मको पढाई पुरा गर्ने वातावरण बनाउने, शिक्षकको समयतालिका र विद्यालय प्रशासनमा सुधार गर्ने लगायत छन् ।

यसैबीच जनकल्याण माविका प्राचार्य सानोभाइ कार्कीले नमुना विकासका लागि अग्रहसर हुन सहयोग गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभाग, शिक्षा विकास निर्देशनालय, जिल्ला शिक्षा विकास एबं समन्वय ईकाई मकवानपुर, थाहा नगरपालिका मेयर एबं शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, यस विद्यालयका सम्पूर्ण शिक्षक मित्रहरू, राजनैतिक दलहरू एबं प्रत्यक्ष वा परोक्ष रुपमा सक्दो सहयोग पुराउन मद्दत गर्नु हुने शुभचिन्तकहरुमा आभार र धन्यवाद व्यक्त गरेका छन् । प्राचार्य कार्कीले आगामी दिनहरुमा समेत यो र अझै उच्च सदभाव र सहयोगको अपेक्षा र विश्वास गरेका छन् । उनले आजैबाट नमुना विकासको कार्यप्रारम्भ भएको प्रतिक्रिया दिए । ‘हामी सूचना प्रविधिमैत्री पठनपाठन तथा गुणस्तरीय शिक्षाका लागि काम गरि नै रहेका छौं यसकै प्रतिफल स्वरुप नमुना विकासमा उन्मुख भयौं, अझ राम्रो गर्छौ’–कार्कीले भने–‘हामीमा जति अवसर छ चुनौति पनि छ सबै पार गरेर नमुना विकास गरेरै छाड्छौं ।’

मन्त्रालयले २०७६ असोज १६ गते गोरखापत्रमा सूचना प्रकाशशित गरी नमुना विकासका लागि विद्यालयहरुबाट प्रस्ताव आव्हान गरेको थियो । 
 

100modelschools-1.JPG

100modelschools-2.JPG

100modelschools-3.JPG

100modelschools-4.JPG

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०