Friday, 3rd July, 2026
वि.स.

थाहानगरको जनकल्याणलाई स्कूल बस सहयोग प्राप्त

jkbus-1603026699.jpg

मकवानपुर थाहा नगरपालिकाको जनकल्याण माविमा विद्यार्थी बोक्न पहिलोपटक बस आएको छ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले थाहा नगरको जनकल्याण माविलाई आइचर कम्पनीको स्कूल बस उपलब्ध गराएको हो ।

विद्यालयमा विद्यार्थी आवागमनको सहज व्यवस्थापन गर्न विद्यालयले पहिलेदेखि नै बस सुविधा संचालनका लागि पहल गर्दै आएकोमा विद्यालयले बस सहयोग पाएको अध्यक्ष राजीवकुमार स्याङतानले बताए । 

यसैबीच प्रदेश सरकारले प्रदेशका २५ विद्यालयलाई बस उपलब्ध गराउने भए पछि जनकल्याण छनोटमा परेको हो । विद्यालयमा बस आएपछि तत्काललाई बज्रवाराही र दामन क्षेत्रका विद्यार्थी ल्याउने–लैजाने गरी संचालनको योजना बनाउने तयारी भएको अध्यक्ष स्याङ्तानको भनाइ रहेको छ । 

बज्रवाराही क्षेत्रका लागि पालुङ क्याम्पसका विद्यार्थीहरुलाई समेत सुविधा हुने उनले बताए ।  दशैं विदापछि विद्यालय संचालनसँगै विद्यार्थीहरुसँग न्यूनतम शुल्क लिएर बस संचालनको योजना छ ।