Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको जनकल्याणलाई नमुना विद्यालय बनाउन अन्तरक्रिया

JK-1596284576.jpg

मकवानपुरको थाहा नगरपालिका स्थित जन कल्याण माध्यमिक विद्यालयलाई नमुना बनाउने सन्दर्भमा शुक्रबार सरोकारवालाहरु बिच अन्तरकृया गरिएको छ । सरकारले यसै वर्ष नमुना विद्यालयको रुपमा छनोट गरेको उक्त विद्यालयलाई कसरी नमुना बनाउन सकिन्छ भन्ने विषयमा विज्ञसहितको टोली राखेर अन्तरकृया गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले शैक्षिक क्षेत्रमा रहेका विभिन्न विकृतिहरुलाई सुधार गर्न सके सबै सामुदायिक विद्यालय नमुना बन्न सक्ने बताए । उनले सामुदायिक विद्यालयलाई नमुना बनाउनका लागि शिक्षकको भुमिका सबै भन्दा महत्वपुर्ण हुने हुँदा शिक्षकहरु त्यमा लाग्नुपर्ने बताए । उनले अहिले सबै भन्दा ठुलो समस्या कोहि पनि शिक्षकहरु विकट क्षेत्रमा गएर पढाउन नचाहने र सुगममात्र रोज्नु दुर्भाग्यपुर्ण भएको बताए । उनले भन्नुभयो–“कोहि पनि शिक्षक दुर्गममा गएर पढाउन तयार हुँदैनन् । शैक्षिक क्षेत्रलाई उठाउन शिक्षामा योगदान गर्छु भन्ने शिक्षक भेटिन मुस्किल छ ।” उनले शैक्षिक क्षेत्रको उन्नतीका लागि साथै विकास र समृद्धि प्राप्तीका लागि चेतना महत्वपुर्ण भएको हुनाले शिक्षककले दुर्गम क्षेत्रको शैक्षिक विकासमा योगदान गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशका निर्देशक चन्द्र प्रसाद लुईटेल, भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) का प्रमुख बद्री बहादुर पाठक, नेपाल शिक्षक महासंघ, राष्ट्रिय समिति सहअध्यक्ष एवम् नमुना विद्यालय राष्ट्रिय सञ्जाल अध्यक्ष पुर्ण प्रसाद दवाडीले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रभावकारी शिक्षणका विषयमा बद्री पाठक, नमुना विद्यालय विकासको लागि आवश्यक पहलका विषयमा पुर्ण प्रसाद दवाडी र समग्र शैक्ष्कि विकास तथा विद्यालय संचालनका विषयमा चन्द्र प्रसाद लुइटेलले कार्यपत्र प्रस्तुत गरेका थिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिब कुमार स्याङ्तानको अध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, थाहा नगर शिक्षा प्रमुख शोभाकर रेग्मीलगायत सरोकारवालाहरुको सहभागिता थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०