Wednesday, 19th August, 2026
वि.स.

थाहानगरको चित्लाङमा बजार अनुगमन

Anugaman-1613400754.jpg

मकवानपुर थाहा नगरपालिकाले बजार अनुगमन गरेको छ । संयुक्त बजार अनुगमन समितिको सक्रियतामा थाहा नगरपालिका वडा नम्बर ९ र १० चित्लाङ क्षेत्रका पसलहरुको ३ फागुनमा अनुगमन गरेको समितिका संयोजक अजित घिमिरेले जानकारी दिए । 

थाहा नगरपालिकाको बजार अनुगमन सम्बन्धी कार्यविधि बमोजिम गरिएको बजार अनुगमनका क्रममा अधिकांश पसलहरुबाट मिति गुज्रिएको उपभोग्य बस्तुहरु बिक्री भैरहेको, खाद्य र अखाद्य बस्तु एकै ठाउँमा राखेर बिक्रि गरिरहेको, मूल्यसूची नराखिएको तथा दर्ता तथा नविकरण नगरी व्यवशायहरु संचालन गरिरहेको पाइएको नगरपालिकाका प्रशासन महाशाखा प्रमुख तथा अनुगमन समिति संयोजक घिमिरेले जानकारी दिए । 

एकीकृत अनुगमन टोलमिा थाहा नगरपालिकाका कर्मचारीहरु, राष्ट्रिय उपभोक्ता मञ्च, उपभोक्ता हित संरक्षण मञ्च, थाहानगर उद्योग वाणिज्य संघका पदाअधिकारी नेपाल प्रहरी प्रतिनीधिलगायतकाको सहभागिता रहेको थियो । अनुगमन टोलीले मिति गुज्रिएको केही उपभोग्य सामाग्र्रीहरु समेत बरामद गरेको छ भने व्यवशायिहरुलाई सचेत पारिएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif