Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको चित्लाङमा तीन रातसम्म देखाइने कात्तिके नाच शुरु

मकवानपुर थाहा नगरपालिकाको पर्यटकीय गन्तव्यको रुपमा रहेको चित्लाङमा १५ कात्तिक रातिदेखि कार्तिके नाँच सुरु हुने भएको छ । पाँच सय वर्षअघिबाट सञ्चालनमा आएको नाँच दशैको कोजाग्रत पूर्णिमादेखि स्वच्छन्द भैरवको रथ चित्लाङ माझगाउँमा घुमाएपछि सुरु हुन्छ । 

बेलुका गाउँमा युवाले रथ घुमाएर पूजाआजा गरेपछि तीन दिनसम्म नाँच सञ्चालन गरिन्छ । गाउँका मुख्य गुरु रामकृष्ण बलामीको घरमा पूजा गरी ५ वटा देवताको नाँच निकालिन्छ । विभिन्न देवताका मुखुन्डोलगाएका वाजाको तालमा नाच्दै माझगाउँस्थित अशोक चैत्य परिसरमा पुगेर देवाताले नृत्य देखाउने गर्छन् ।

नाच हेर्न स्थानीयवासी रातभर जाग्राम बस्छन् । काठमाडौं र ललितपुरबाट पनि जात्रा हेर्न ठूलो संख्यामा आउने गर्छन । यसपाली भने कोरोनाको जोखिम कायम रहेकोले छोटकरीमा कार्यक्रम गर्न भनिएको थाहा–९ का वडा अध्यक्ष पर्शुराम श्रेष्ठले बताए । 

चित्लाङका नेवार समुदायमात्र होइन, बज्रबारही, मार्खु, कुलेखानीलगायत क्षेत्रका बासिन्दा रातभर जात्रामा बस्छन् । वृद्धदेखि बालकसम्म जात्रामा सहभागी हुन्छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०