Tuesday, 25th August, 2026
वि.स.

थाहानगरको कोभिड–१९ सुरक्षा रणनीति परिवर्तन १५ दिनका लागि नयाँ नियम 

64929405_3423542631005367-1599576256.jpg

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि  मकवानपुर थाहा नगरपालिकाले रणनिित परिवर्तन गरेको छ । नगरका हरेक वडाहरुमा सामुदायिक ट्रेसिङ गरेपछि पिसिआर रिपोर्ट नेगेटिभ आएपछि नगरपालिकाले रणनीति परिवर्तन गरेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । 

थाहा नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार अव १५ दिनसम्म साँझ ५ बजेसम्म बजार खुलाउन पाइने भएको छ । यसअघि ४ बजेसम्म मात्र बजार खुलाउन पाइने नियम रहेको विथयो । कोभिड–१९ को सुरक्षालाई केही खुकुलो बनाउँदै ५ बजेसम्म बजार संचालन गर्न दिने निर्णय गरिएको नगरप्रमुख विष्टले जानकारी दिए । 

यसअघिको निर्णयमा पुनरावलोकन गर्दै बैंक तथा वित्तीय संस्थालाई २ बजेसम्म संचालन गर्न दिइएकोमा अन्य सरकारी कार्यालयसरह साँझ ५ बजेसम्म नै संचालन गर्न दिने निर्णय गरिएको छ । यसअघिको बैठकमा गरिएका अन्य निर्णयहरु जस्तैः नाकाहरुमा कडाइ गरिने, हेटौंडा–काठमाण्डौं चल्ने सवारीलाई बीचमा रोक्न नदिने, भेला–बैठक बस्न नदिने, फिल्डमा हुने काम गर्न नदिनेजस्ता निर्णयहरु यथावत गरिएको नगरप्रमुख विष्टले बताउनु भयो । 

थाहा नगरपालिकामा २३ भाद्रमा भएको सर्वपक्षिय वैठकले पनि नगरपालिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि रणनीतिलाई परिवर्तन गर्नका लागि सिफारिस गरेका थिए । बैठकमा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर उदय रोकाले हालको संक्रमणको अवस्थाको विषयमा ब्रिफिङ गरेसंगै सरोकारवालाहरुले सुरक्षा रणनिित परिवर्तन गरी अवस्था खुकुलो बनाउन सुझाव दिएका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif