Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको ऐतिहासिक इन्द्रायणी माईको मन्दिर पुनर्निर्माण

Indrayani-1596420541.jpg

 पुरातत्व विभागले मकवानपुरको थाहा नगरपालिका स्थित प्रशिद्ध धार्मिक स्थल इन्द्रायणी–कालिका माईको पीठ पुनर्निर्माण गरेको छ । नेपालको पुरातत्व सम्पदा सूचीमा रहेको इन्द्रायणी माइ पीठलाई परम्परागत चुना, सुर्की, ढुंगा आदिको प्रयोग गरेर पुनर्निर्माण गरिएको हो । इन्द्रायणी माईलाई स्थानीय जनधनको रक्षा गर्ने देवीको रुपमा लिने गरिन्छ । इन्द्रायणी माईको उत्पत्ति कहिले भयो भन्ने एकीन नभए पनि ताम्रपत्रअनुसार वि. सं. १९१४ सालबाटै जात्रा शुरु भएको पाइएको धार्मिक सम्पदा समिति पालुङका अध्यक्ष राजकुमार प्रधान जङ्गलीले बताए । 

रथयात्रासहित हरेक तीन–तीन वर्षमा भव्य जात्रा लाग्ने इन्द्रायणी माईको हरेक शनिबार विशेष पूजा हुनुका साथै भक्तजनहरु मनोआकाँक्षा पूरा होस् भने भाकलसमेत गर्दछन् । धर्मिक, ऐतिहासिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण भएकोले इन्द्रायणी–भगवति–कालाभैरब गुठी संरक्षण समितिको आग्रहमा पुरातत्व विभागले पुनर्निर्माण गरेको समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठले बताए । इन्द्रायणी माई थानको वरपरको पर्खालहरु भत्केर जीर्ण हुनुका साथै थानको स्वरुप पनि नराम्रो देखिन थालेपछि पुनर्निर्माणको पहल थालिएको थियो ।

इन्द्रायणी माई परिसर पुनर्निर्माण भएपछि अहिले निकै आकर्षक देखिएको गुठी संरक्षण समितिका कोषाध्यक्ष राजु नापितले बताए । पुनर्निर्माणको क्रममा रेलिङसहित भुईमा ढुङ्गा विछ्याएर इन्द्रायणी परिक्रमाको लागि सहज बाटोसमेत निर्माण गरिएको छ ।

यसैबीच स्थानीय निरज प्रधानले आज पुनर्निर्मित इन्द्रायणी माई परिसरमा स्वर्गीय पिता तोयापानी प्रधानको सम्झना गर्दै १०८ दियो चढाएका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०