Saturday, 22nd August, 2026
वि.स.

थाहानगरको अनलाईन सर्भे प्रभावकारी, दिनदिनै फलोअप गरिदै

onlll-1587006815.jpg

थाहा नगरपालिकाले आफ्नो नागरिकको खोजी अभियानका लागि संचालनमा ल्याएको अनलाई सर्भे सिस्टममा फारम भरेकाहरुलाई नगरपालिकाले फोन सम्पर्क गरी अवस्थाको विषयमा जानकारी दिएको छ । 

नगरपालिकामा फारम भर्नेहरुलाई नगर प्रमुख लवशेर विष्ट तथा उपप्रमुख खड्ग गोपाली आफैले फोन गरेका हुन् । अहिलेसम्म सम्पर्कमा आएकाहरु जोखिम अवस्थामा नरहेको नगर प्रमुख विष्टले जानकारी दिए । 

‘अधिकांश कोठामा बस्नेहरुले फारम भरेका छन्, लकडाउन अलि लम्बिए सहयोगको अपेक्षा गरेका छन्, विष्टले भने–‘त्यस्तो अवस्था आए उनीहरुलाई भोकभोकै हुन दिदैनौं सहयोग गर्छौ ।’

थाहा नगरपालिकाले आव्हान गरेको फारममा अहिलेसम्म ७४ जनाले सहभागिता जनाइसकेका छन् । नगरपालिकाले उनीहरुको निरन्तर फलोअप गरिरहेको सचिवालय संयोजक विवेक विडारीले जानकारी दिए । 


फाराम भर्ने लिंकः https://survey.app.do/2831174









Thaha-002-1774415222.gif