Thursday, 20th August, 2026
वि.स.

थाहानगरकी डाक्टर मल्ललाई विदाई

मकवानपुर थाहानगरमा नगर अस्पतालकै रुपमा विकास भइरहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रकी डा. मोनिस्मा मल्ल बिदाइ गरिएको छ । 

ललितपुरको कुपण्डोलकी स्थायी बासीन्दा मल्ल गत २०७४ साल चैतदेखि पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत थिइन् । उनलाई ८ चैत्रमा एक कार्यक्रमको आयोजना गरी व्यवस्थापन समितिले विदाइ गरेको हो । कार्यक्रममा डाक्टर मल्लले थाहानगरमा पु¥याउनु भएको योगदानको चर्चा गरिएको थियो । 

एक वर्षदेखि कार्यरत मल्ल भक्तपुर सरुवा भए पछि उनलाई औपचारिक विदाइ गरिएको हो । विदाइ कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष दिपक सिं लामा, उपाध्यक्ष राजिव स्याङ्तान सदस्यहरु उर्मिला गोपाली, अनिल विष्ट, सकुन्तला गोपाली, स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा अब चारजना डाक्टर रहेका छन् । थाहानगरमा नौ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०