Tuesday, 25th August, 2026
वि.स.

थाहानगरका ९८ जनको पिसिआर रिपोर्ट नेगेटिभ

samudaya-1599146487.jpg

मकवानपुर थाहा नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरेको सामुदायिक कन्ट्याक ट्रेसिङको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। 

थाहा नगरपालिका वडा नम्बर ३, ७ र ८ का ९८ जनाको रिपोर्ट १८ भाद्रमा नेगेटिभ आएको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । सामुदायिक कन्ट्या ट्रेसिङ अन्तर्गत उक्त वडाको बासिन्दाहरुको स्वाब लिई पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाइएको थियो । 

थाहा नगरपालिकाले सबै १२ वटै वडाबाट बढि सामुदायिक कन्ट्याक भएका व्यक्तिहरुको स्वाब संकलनका लागि पिसिआर परीक्षण गरिरहेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif