Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका ८ विद्यार्थीलाई बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानबाट शैक्षिक सामाग्री सहयोग

Binaya-babu-1607350137.jpg

मकवानपुर थाहानगरमा क्रियाशील बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठान थाहानगरको विभिन्न ४ विद्यालयका ८ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । प्रतिष्ठानले २२ मंसिरमा एक कार्यक्रमको आयोजना गरी थाहा–२ मा रहेको घाटदेवी आधारभूत विद्यालय, मत्स्यनारायण मावि, सरस्वती आधारभूत, र मंगलेश्वर आधारभूत विद्यालयलाई एक÷एक थान घडि र प्रत्येक विद्यालयका दुईदुई जना विद्यार्थीहरुलाई कापि, कलम, झोला, पोशाक साथै व्यक्तिगत सरसफाइका लागि साबुन, मञ्जन, ब्रस र रुमाल लगायत खेलकुदका सामग्री वितरण गरेको हो ।

थाहानगरका ४ विद्यालयका ८ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए । अमेरिकमा बस्नुहुने विजय बस्नेतले ३० हजार रुपैयाँ र समाजसेवाी अच्चुतम प्रसाद ढकालको १० हजार सहयोगमा प्रति विद्यार्थी ५ हजारको दरले सहयोग सामग्री हस्तान्तरण भएको अध्यक्ष कार्कीले जानकारी दिए । विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विजयकृष्ण बादेको प्रमुख आतिथ्यता रहेको थियो । 

प्रतिष्ठानले हरेक वर्ष जिल्लामा भलिबल प्रतियोगता गर्दै आएको थियो । यस वर्ष कोरोना महामारीको समयमा भलिबल प्रतियोगता हुन नसकेपछि विद्यार्थीहरुलाई सहयोग गरिएको अध्यक्ष कार्कीले बताए । उनले अब आगामी वर्षदेखि हरेक वर्ष प्रतिष्ठानले भलिबल प्रतियोगितासँगै विद्यार्थीलाई सहयोग कार्यक्रम पनि गर्ने जानकारी दिए ।