Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका ७ वर्षिय बालकलाई कोरोना निको भयो

7-yr-1590855659.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ चल्तीका सात वर्षिय बालक कोरोना मुक्त भएका छन् । सशस्त्र प्रहरीको कोरोना विशेष अस्पताल काठमाण्डौं चन्द्रागिरीमा रहेका बालक निको भएर १७ जेठमा घर फर्केका छन् । 

उनलाई २ जेठमा कोरोना भएको पुष्टि भएको थियो । २९ वैशाखमा पालुङ हुँदै चन्द्रागिरी स्थित सतुङ्गल पुगेका बालकको परिवारमा भने कसैलाई पनि कोरोना देखिएको थिएन । बालकलाई कोरोना देखिएपछि परिवारका सबै सदस्यको पिसिआर परक्षिण गरिएको थियो । 

यसअघि थाहा–९ घरभई पर्साको विरगञ्जमा बस्दै आएका सुरेश विडारीलाई पनि कोरोना निको भएर अस्पातालबाट डिस्चार्ज भैसकेका छन् भने अब थाहा–११ का एक पुरुष उपचाररत्  छन् ।  उनी टेकू स्थित आइसोलेशनमा छन् । उनलाई ४ जेठमा कोरोना पुष्टि भएको थियो ।