Tuesday, 25th August, 2026
वि.स.

थाहानगरका ७ दुध संकलन केन्द्रलाई पुरस्कार, नन्दीकेश्वर उत्कृष्ट 

003-1594694991.jpg

थाहा नगरपालिकाले आफ्नो सेवा क्षेत्रबाट सबैभन्दा बढि दुध संकलन गर्ने दुध संकलन केन्द्रलाई नगदसहित सम्मान गरेको छ । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नन्दीकेश्वर डेरी उत्कृष्ट घोषित भएको छ । 

नन्दीकेश्वरले ११ हजार नगद सहित सम्मानित भएको हो । उक्त डेरीले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १ लाख ४ सय ६१ लिटर दुध संकलन गरेको थियो । उत्कृष्ट संकलन केन्द्रहरुलाई नगर उपप्रमुख खड्ग गोपालीले पुरस्कार वितरण गरेका थिए ।

त्यस्तै पशुपालक कृषक समूह द्विवतीय भई नगद ९ हजार, एकीकृत कृषि सहकारी संस्था लि थाहा–२ तृतीय भई ७ हजार, घर्तिखोला दुध संकलन केन्द्र चौथो भई नगद ५ हजार, ओखबर बजार डेरी पाँचौ भई ३ हजार, थानाबजार डेरी छैठौं भई २ हजार र फाँटबजार दुध संकलन केन्द्र सातौंभई नगद १ हजारसहित सम्मान पत्र पाएको छ । 

यसैबीच कार्यक्रमको अवसरमा थाहा नगरपालिकाकै पहिलो गाई फार्म ‘नन्दीकेश्वर गाई फार्म’लाई पुरस्कृत गरेको छ ।  फार्मका संचालक उद्धव भट्टलाई नगद ११ हजार रुपियाँसहित नगरपालिकाले सम्मान गरेको हो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif