Saturday, 22nd August, 2026
वि.स.

थाहानगरका १ सय ३ पसलको अनुगमन

हिन्दु नेपालीहरुको महान पर्व तिहारलाई मध्येनजर थाहा नगरपालिकाले नगर क्षेत्रको बजार अनुगमन गरेको छ । 

थाहा नगरपालिका प्रशासन महाशाखा प्रमुख अजित घिमिरेको नेतृत्वमा ५ र ६ कार्तिकमा १ सय ३ पसलको अनुगमन गरिएको सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले बताए । टोलीले थाहा नगरपालिकाको शिखरकोट, थानाबजार, डाँडाबास लगायतका क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनका क्रममा मिति सकिएका उपभोग्य वस्तुहरु भेटिएका थिए भने व्यवसायीहरुले आफ्नो पसलमा मूल्यसूचीहरु नराखेको पनि पाइएको थियो । पसलहरु अनुगमनका क्रममा व्यवसायीहरुलाई सचेत परिएको टोलीले जनाएको छ । 

अनुगमन टोलीमा थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, उपभोक्ता हित संरक्षण समितिका पदाअधिकारी, खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रतिनीधि तथा पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif