Saturday, 22nd August, 2026
वि.स.

थाहानगरका १०४ वर्षिया कर्णेल अधिकारीको निधन, नेपाली सेनाबाट शोक सलामी [हेर्नुहोस भिडियो ]

Ganes-1582899510.jpg

मकवानपुर थाहानगरकै ज्येष्ठ नागरिक गणेश बहादुर अधिकारीको १ सय ४ वर्षको उमेरमा १६ फागुनमा निधन भएको छ ।

थाहा नगरपालिका वडा नम्बर ४ किटेनी निवासी अधिकारी केही महिनादेखी विरामी थिए । अधिकारीको पालुङ शंखमुलमा १६ फागुनमै अपरान्ह अन्तिम दाहसंस्कार गरिएको छ । नेपाली सेनाका अप्रसे (कर्णेल) बाट सेवा निवृत्त उनलाई श्री नम्बर ७ बाहिनीका नेपाली सेनाले अन्तिम शोक सलामी दिएका थिए । 

वि.सं. १९७२ साल साउन १८ गते थाहा–४ किटेनमिा जन्मिएका अधिकारी वि.संं १९९० साल कार्तिक २५ गते नेपाली सेनामा सिपाहीबाट सेवा प्रवेश गरेका थिए । उनी वि.सं. २०२५ साल कार्तिक २५ गते सेवा निवृत्त भएका थिए । 

सामाजिक काममा रुची राख्ने अधिकारीले स्थानीय विद्यालयहरु निर्माण, छात्रवृत्तिलगायतका क्षेत्रमा सहयोग गरी शैक्षिक विकासमा योगदान दिएका थिए भने गाउँघरमा धार चौतारा निर्माणमा पनि उनले योगदान पु¥याएका थिए । उनको एक छोरा र दुई छोरी छन् भने श्रीमतीको यसअघि नै निधन भैसकेको छ ।

हेर्नुहोस भिडियो (सलामी):-     भिडियो: यादवजंग रायमाझी


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif