Thursday, 20th August, 2026
वि.स.

थाहानगरका विषय शिक्षकहरुलाई पुर्नताजकी तालीम

मकवानपुर थाहा नगरपालिका शिक्षा शाखाको आयोजनामा जनकल्याण माविमा शिक्षकहरुका लागि तीनदिने पुर्नताजकी तालीम दिइएको छ । माध्यमिक विद्यालयका विषयगत शिक्षकहरुका लागि दिइएको पुर्नताजकी तालिम १८ माघबाट शुरु भएको थियो ।

थाहा नगरपालिका शिक्षा समितिका संयोजक शशीधर सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख तथा तालीम समापन समारोहका प्रमुख अतिथी लवशेर विष्टले थाहानगरको शैक्षिक नेतृत्व भनेको यहि टिम भएको बताउँदै यहाँको शैक्षिक विकासलाई कतातर्फ मोड्ने भन्ने सवाल यहि जमातको भएको बताए । गुणस्तरीय शिक्षाको लागि नगरपालिकाले जुनसुकै योगदान गर्न तयार रहेको बताउँदै शिक्षकहरुलाई गुणस्तरीय शिक्षाका लागि जुट्न निर्देशन दिए । कार्यक्रममा प्रमुख विष्टले भौतिक संरचनाले विद्यालयको शैक्षिक गुणस्तर मापन नहुने भएकोले नतिजामा आधारित भएर अध्यापन  गराउन आग्रह गरे । 

अघि थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले तालिमको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरीले थाहा नगरपालिकाले शिक्षा ऐन निर्माण गरी कार्यान्वयन गरिरहेको सन्दर्भमा विद्यालयको शैक्षिक गुणस्तरको सम्बन्धमा नगरपालिकाले सुक्ष्म ढंगले अनुगमन मूल्याङ्कन गर्ने बताए । थााह नगरपालिका शिक्षा शाखा प्रमुख लक्ष्मण दाहालले संचालन गरेको कार्यक्रममा थाहा नगरपालिका अन्तर्गतमा माध्यमिक विद्यालयका विषय शिक्षकहरुको सहभागिता रहेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०