Friday, 3rd July, 2026
वि.स.

थाहानगरका विद्यालयहरुमा फागुन २७ बाट वार्षिक परीक्षा हुने 

KORO-1583337896.jpg

थाहा नगरपालिकामा कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा २७ फागुनबाट संचालन हुने भएको छ । थाहा नगरपालिकामा २१ फागुनमा भएको नगर शिक्षा समिति तथा परीक्षा समितिको संयुक्त बैठकले यस्तो निर्णय गरेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए ।  

शिक्षा मन्त्रालयले विश्वव्यापी महामारी कोरोना भाइरसबाट सतर्क रहन भन्दै ५ चैत्र भित्र वार्षिक परीक्षा सक्न परिपत्र गरेपछि परीक्षा अघि सरेको हो । 

थाहा नगरपालिकाले संचालन गर्ने ८ कक्षाको परीक्षा पनि यसवर्ष आ–आफ्नै विद्यालयमा संचालन गरिने भएको छ । यसअघि परीक्षा केन्द्र तोकेर परीक्षा लिने गरिएको थियो भने उत्तर पुस्तिका परीक्षण तथा कोडिङ डिकोडिङका माध्यमबाट गरिँदै आएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०