nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका माधव हाेम स्टे महासंघ नेपालको केन्द्रीय सदस्य निर्वाचित

IMG_20231014_211227-1697299311.jpg

पर्यटकीय थाहा नगरपालिकाकाे प्रतिनिधित्व गर्दै मकवानपुरबाट सहभागी डाँडाघरे बाकाे हाेम स्टे सञ्चालक माधव कार्की केन्द्रमा पुगेका छन् । हाेम स्टे महासंघ नेपालकाे चितवनमा सम्पन्न चाैँथाे राष्ट्रिय सम्मेलनबाट कार्की केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

हाेम स्टे एशोसियशनबाट महासंघ भएपछि याे पहिलो सम्मेलन थियाे । ६६ जिल्लाका ४५० प्रतिनिधिबाट मकवानपुरकै प्रतिनिधित्व गर्दै कार्की केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । सम्मेलनमा देशका २५० हाम स्टे सञ्चालककाे प्रतिनिधित्व थियाे जसमा थाहा नगरपालिकाबाट कार्की सहभागी थिए

५ वर्षदेखि पशुपंक्षीपालन र अर्गानिक खान्कीसँगै हाेम स्टे सञ्चालन गर्दै आएका कार्की हाेम स्टे महासंघको ३७ केन्द्रीय कमिटीमा निर्विराेध भए ।बाँकी १४ जना मनाेनित गरेर ५१ सदस्य पुर्याउने कार्कीले थाहा टाइम्सलाई जानकारी दिए । सम्मेलनले प्रेमशंकर थारुलाई अध्यक्ष निर्वाचित गरेकाे छ ।

सम्मेलनकाे २६ असाेजमा वन तथा वातावरण मन्त्री डा. विरेन्द्रप्रसाद महतोेले उद्घाटन गरेेका थिए ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)