Tuesday, 25th August, 2026
वि.स.

थाहानगरका बाँदरपीडित किसानलाई यन्त्र वितरण [हेर्नुहोस् भिडियोमा चलाउने तरिका ]

SUd-1599526795.jpg

मकवानपुर थाहा नगरपालिकाले किसानहरुका लागि ५० प्रतिशत अनुदानमा बाँदर धपाउने यन्त्र वितरण गरेको छ । नगरपालिकाले प्रतिगोटा दुई हजार ५ सयका दरले खरिद गरी ल्याएको यन्त्र १ हजार २५० रुपियाँमा वितरण गरेको कृषि विकास शाखा प्रमुख संजय तिवारीले जानकारी दिए । ‘बाँदर भगाउने बन्दुक’ भनेर परिचित यो यन्त्र नगरपालिकाको कृषि शाखाले राष्ट्रिय आविष्कार केन्द्र, किर्तिपुरबाट खरिद गरी ल्याएको हो । 

नगर क्षेत्रमा कसिानहरुले लगाएको बाली बाँदरले सखाप पार्न थालेको किसानहरुले गुनासो गरेपछि नगरपालिकाले थाहा नगरपालिका आफैले बाँदर थपाउने यन्त्र खरिद गरी ल्याएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । 

अहिले थाहा नगरपालिकाले वडा कार्यालयको सिफारिसमा बाँदपीडित किसानहरुका लागि यन्त्र वितरण गरिरहेको छ । थाहा नगरका प्रत्येक वडाका लागि तत्काल कम्तिमा ३ वटाका दरले वितरण गरिने कृषि शाखा प्रमुख तिवारीले बताए । बाँदर धपाउन प्रयोग गरिने यन्त्रमा केरा पकाउनका लागि प्रयोग गरिने केमिकल ( कारबाइट) राखेर पड्काउने र त्यसबाट ठूलो आवाज आउने हुँदा बाँदरहरु तुरुन्तै नफर्किने गरी भाग्ने प्राविधिकहरुको दाबी रहेको छ । 

वितरण गरिएको यन्त्र कसरी चलाउने ? हेनुहोस् भिडियोः


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif