Tuesday, 25th August, 2026
वि.स.

थाहानगरका प्रधान लायन्स जोन चियरपर्सन पदमा नियुक्त 

sur-1592191444.jpg

लायन्स क्लब अफ थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान लायन्स क्लब अन्तर्राष्ट्रिय, जिल्ला ३२५ बि १ नेपालको लायन बर्ष २०२०-२१ को लागि  जोन चियरपर्सन जस्तो महत्त्वपूर्ण पदमा मनोनीत भएका छन् ।

लायन बर्ष २०२०-२१ सुरु हुनु पुर्व आगामी डिस्ट्रिक्ट गभर्नर मन बहादुर रोकाले प्रधानलाई जोन चियरपर्सन पदमा नियुक्त गरेका हुन् । 
प्रधानको नेतृत्वमा ४ बर्ष अघि थाहा नगरमा लायन्स क्लबको स्थापना भएको थियो । स्थापना काल देखिनै क्लबले थाहा नगरपालिका र उत्तरी मकवानपुरमा नै विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । 

क्लबको स्वामित्वमा एक लियो क्लब समेत रहेको छ । लायन्स तथा लियोको प्रत्येक कार्यकाल जुलाई १ तारिख देखी फेरिने गर्छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif