Tuesday, 25th August, 2026
वि.स.

थाहानगरका पशुसेवा शाखा प्रमुख मिश्र सेवा निवृत्त, जनप्रतिनीधिद्वारा प्रशंसा

Ragh-1596809565.jpg

थाहा नगरपालिकाका पशु सेवा शाखा प्रमुख राघवेन्द्र मिश्रको विदाई गरिएको छ । निजामति सेवा ऐन अनुसार ५८ वर्ष सेवा अवधि पुगेपछि पशु सेवा अधिकृत मिश्र सेवा निवृत्त भएका हुन् । 

उनलाई थाहा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी थाहा नगरपालिकामा पु¥याउनु भएको योगदानको उच्च सम्मानका साथ नगर प्रमुख लवशेर विष्ट तथा उपप्रमुख खड्ग गोपालीले कदर पत्र दिए । 

विदाई कार्यक्रममा नगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीलगायतले अधिकृत मिश्रले थाहानगरमा पु¥याउनु भएको योगदानको प्रशंसा गरेका थिए ।  सो अवसरमा मिश्रले आफ्नो सेवाको क्रममा जनप्रतिनीधि, कर्मचारी तथा आम किसानहरुबाट उच्च सहयोग मिलेको सम्झँदै खुशी व्यक्त गरेका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif