Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका तीन वडाका ४५ ज्येष्ठ नागरिकलाई सम्मान

nagarik-1607357317.jpg

मकवानपुर थाहा नगरपालिकाले २२ मंसिरमा ४५ ज्येष्ठ नागरिकलाई सम्मान सहित न्यानो कपडा वितरण गरेको छ । 

थाहा नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार २२ मंसिरमा वडा नम्बर ६, ९ र १० का १५/१५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मानसहित १/१ थान ब्लाङ्केट र थर्मस वितरण गरिएको थाहा नगरपालिकाको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता परिचयपत्र वितरण शाखा प्रमुख प्रतिमा मोक्तानले जानकारी दिइन् । 

थाहा नगरपालिका वडा नम्बर ९ मा गरिएको सम्मान तथा सामाग्री वितरण ।कार्यक्रम अन्तर्गत वडा नम्बर ६ मा वडाअध्यक्ष शशीधर सुवेदी, वडा सचिव सुनिल लामिछाने, वडा नम्बर ९ मा वडाध्यक्ष परशुराम श्रेष्ठ, वडा सदस्य तथा सामाजिक विकास समिति सदस्य शारदा लामिछाने, वडा सदस्य रामकृष्ण कपाली वडा सचिव दिनेश श्रेष्ठ, वडा नम्बर १० मा वडाध्यक्ष हिराबहादुर गमाल, वडा सदस्यहरु रामकृष्ण गमाल, दिपक गोपाली, पानमाया विश्वकर्मा वडा सचिव चक्र बहादुर ठगुन्नालगायतकाको सहभागिता रहेको थियो । 

थाहा नगरपालिका वडा नम्बर १० मा गरिएको सम्मान तथा सामाग्री वितरण ।कार्यक्रममा वडाध्यक्ष तथा सदस्यहरुले ज्येष्ठ नागरिक सम्मान तथा न्यानो कपडाको प्रभावकारिताको विषयमा मन्तव्य व्यक्त गरेका थिए ।  थाहा नगरपालिका सामाजिक विकास समितिका संयोजक किरणमान बलको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, सूचना अधिकृरी सुरजकुमार भुजेललगायतका कर्मचारीहरको उपस्थिती रहेको थियो । 

थाहा नगरपालिका वडा नम्बर १० मा गरिएको सम्मान तथा सामाग्री वितरण ।थाहा नगरपालिकाको १२ वटै वडाका १५/१५ जनाको दरले ज्येष्ठ नागरिहरुलाई न्यानो कपडासहित सम्मान गर्ने कार्यक्रम रहेको थाहा नगरपालिकाले जनाएको छ । 
थाहा नगरपालिका वडा नम्बर ६ मा गरिएको सम्मान तथा सामाग्री वितरण ।थाहा नगरपालिका वडा नम्बर ९ मा गरिएको सम्मान तथा सामाग्री वितरण ।थाहा नगरपालिका वडा नम्बर ६ मा गरिएको सम्मान तथा सामाग्री वितरण ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०