Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका तीनजना कोरोना संक्रमित को हुन् ?

COROOO-1602683097.jpg

थाहा नगरपालिका क्षेत्रमा विभिन्न काम गर्दै आएका तीनजनामा २८ असोजमा कारोना संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गर्दा २३, २६ र ४६ वर्षका पुरुषहरुमा कोरोना पुष्टि भएको पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पालुङका डाक्टर सुबोध चापागाईले जानकारी दिए । 

थाहानगर क्वारेन्टिन अभिलेख अनुसार २३ र २६ वर्षका पुरुषहरु थाहा–६ मा ग्रिल बनाउने काम गर्ने कामदार हुन भने ४६ वर्षिय पुरुष थाहा–४ मा रहेको नाडेप लघुवित्त वित्तिय संस्था लिमिटेडका व्यवस्थापक हुन् । ग्रिलमा काम गर्ने दुवै जना अहिले होम आइसोलेशनमा छन् । उनीहरुको अवस्था विश्लेषण पश्चात् २९ असोजमा हेटौंडा आइशोलेशन पठाउने वा नपठाउने विषयमा निर्णय हुने डाक्टर चापागाईले बताए । अहिले संक्रमितहरुको कन्ट्याक ट्रेसिङको काम भैरहेको छ । 

यसैबीच संक्रमण पुष्टि भएका नाडेपका व्यवस्थापक आफ्नो स्वास्थ्यमा समस्या भएपछि स्वाब दिएर उनी थप उपचारको लागि दुईदिन अघि काठमाण्डौं गएका थिए । उनी अहिले पनि काठमाण्डौंमै छन् । उनको थप उपचार काठमाण्डौमै हुने डाक्टर सुबोध चापागाईले बताए । शिखरकोट स्थित नाडेपको कार्यालयबाट प्रवाह गरिने सेवाहरु २८ असोजबाटै बन्द गरिएको छ । कार्यालयका तीन कर्मचारीसहित ४ जनालाई होम क्वारेन्टिनमा राखिएको डाक्टर चापागाईले बताए । 

थाहा नगरसहित हेटौंडा उपमहानगरपालिकाका ३४ जना, मनहरी ८ को १ जना, कैलाश ६ को १ जना र जिल्ला बाहिरको एकजनामा २८ असोजमा कोरोना संक्रमण पुष्टि भएको हो ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०