Friday, 21st August, 2026
वि.स.

थाहानगरका जनप्रतिनिधी बालसंरक्षण नीति निर्माणमा जुटे 

मकवानपुरको थाहानगरमा बालसंरक्षण नीति निर्माणका लागि जनप्रतिनीधिहरुको कार्यशाला सम्पन्न भएको छ । बालअधिकारका क्षेत्रमा क्रियाशील संस्था बाल कल्याण समाज मकवानपुरको प्राविधिक तथा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कार्यशाला गरिएको हो । 

थाहा नगरमा बाल संरक्षणको सवाल पहिचान गरी आवश्यक बाल संरक्षण नीति निर्माणका लागि कार्यशाला आयोजना गरिएको बाल कल्याण समाज मकवानपुरका कार्यक्रम प्रबन्धक कमल फुयालले जानकारी दिए । उनका अनुसार थाहानगरमा बालविवाह, लागुऔषध दुव्र्यशनी, यौन दुव्र्यबहार, बालश्रम लगायत बाल संरक्षणको सवाल सम्बोधन गर्नुपर्ने दुई दिनसम्म चलेको कार्यशालामा छलफल भएको थियो । 

प्रदेश ३ सामाजिक विकास मन्त्रालयका बाल अधिकार स्रोत व्यक्ति बद्री वाग्ले र बाल अधिकारकर्मी प्रकाश खतिवडाले सहजीकरण गरेको कार्यशालामा थाहा नगरका मेयर लवशेर विष्ट, उप मेयर खड्ग गोपाली, थाहा नगरका अन्य जन प्रतितिनी, थाहा नगर स्तरिय  बालक्लव सञ्जालका प्रतिनिधी, प्रहरी, विद्यालयका शिक्षक, थाहा नगर स्वास्थ्य प्रमुख, महिला तथा बालबालिका विभाग प्रभुख तथा अन्य कर्मचारीको सहभागिता थियो । 
मकवानपुरको विभिन्न स्थानीय तहमा बाल संरक्षणको सवाल पहिचान गरी ती सवाल सम्बोधन गर्नका लागि आवश्यक बालसंरक्षण नीति निर्माण गर्न बाल कल्याण समाज मकवानपुरको प्राविधिक तथा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा अहिले काम भइरहेको हो । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif