Tuesday, 25th August, 2026
वि.स.

थाहानगरका खुर्सानीको बोट ओइलाउन थाल्यो, उपाय के होला ?

020000000-1601387583.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ का किसानहरुले रोपेको अकबरे खुर्सानमिा ओइलाउने रोग देखा परेको छ । 

वडा नम्बर १ का कृषक राजमान श्रेष्ठले लगाएको अकबरे खुर्सानी लटरम्म फलेको भएपनि बोट ओइलाउन थालेको बताए । कृषक श्रेष्ठका अनुसार–‘अहिले उत्पादन दिने बेलामा खुर्सानीको बोट दिनदिनै ओइलाउन थालेको छ ।’ उनले खुर्सानी मल्चिङ गरेका छन् । 

वडा नम्बर १ ओखरबजार क्षेत्रका अन्य किसानले लगाएको अकबरे खुर्सानी तथा भेडे खुर्सानीमा समेत ओइलाउने रोग देखा परेको कृषक श्रेष्ठले बताउ । उनले आफ्नो फेसबुक वालमा लेखेका छन्–‘अकबरे खुर्सानी ओइलाउन थाल्यो के भएर त्यस्तो भएको हो ? सल्लाह र सुझाब उपाय बताउनुहोस् ।,’



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif