Tuesday, 25th August, 2026
वि.स.

थाहानगरका कोरोना संक्रमित पुरुषको यस्तो छ ट्राभल हिस्ट्री

COROOO-1599786904.jpg

थाहा नगरपालिका वडा नम्बर ६ का ३४ वर्षिया पुरुषमा कोरोना पुष्टि भएको छ । 

थाहा नगरपालिकामा स्थायी घर भएपनि ति पुरुष बाहिरबाट नगर क्षेत्र प्रवेश गरेका हुन् । उनलाई नगर प्रवेश हुने वित्तिकै थाहानगर क्वारेन्टिनमा राखिएको डाक्टर उदय रोकाले जानकारी दिए । 

संक्रमित पुरुष १० भाद्रमा विरगञ्ज गएको कन्ट्याक ट्रेसिङबाट देखिएको छ । नेपाली सेनाको हेडक्वाटर भद्रकाली काठमाण्डौंमा कार्यरत उनी १३ भाद्रमा काठमाण्डौ फर्केका थिए । उनलाई काठमाण्डौं पुगेपछि ज्वरो समेत आएको थियो । 

काठमाण्डौबाट १७ भाद्रमा थाहा–६ बज्रवाराही स्थित आफ्नो घरमा आएका उनलाई क्वारेन्टिनमा राखिएको थियो । उनको स्वाब २३ भाद्रमा संकलन गरेर राष्ट्रिय जन स्वासथ्य प्रयोगशाला पठाइएकोमा २५ भाद्रमा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।  
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif