Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका कोरोना संक्रमित परिवारको कन्ट्याकमा आएकाको पिसिआर नेगेटिभ

Thaha-Municipality-1589778469.jpg

आइसोलेशनमा रहेका थाहा नगरकालिकाका सबै २८ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । यद्यपि संक्रमति परिवारहरुको पुनः पिसिआर गर्ने तयारी भेरहेको आइसोलेशनका स्वास्थ्यकर्मी भोला चौलागाइले जानकारी दिए ।

थाहा नगरपालिका–७ चल्तीका कोरोना संक्रमित ७ वर्षीय बालकको मामाघरका ५, घरका ४, तरकारी व्यापारी १, भारतबाट आएका ९ र कोरोना संक्रमित जिल्ला आवतजावत गरेका ९ जना चालकको पिसिअार गरिएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । बालक थाहा नगरपालिका वडा नम्बर ७ बाट तरकारी बोक्ने उक्त गाडीमा चालकसँगैको सिटमा बसेर गत बैशाख २९ गते सतुंगल पुगेका थिए ।

यसैबीच संक्रमित चालक चढेको गाडीको चालकको कन्ट्रयाक टे«सिङ भएको छ । चन्द्रागिरी नगरपालिका–१० सतुंगलमा डेरामा बसेका बालक चेढेको गाडीको चालकको ट्रेसिङ भएको हो । साँखु बस्दै आएका गाडी चालकलाई बौद्धमा सम्पर्क गरी स्वाब परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकू पठाइएको छ । 


सोही गाडीमा सँगै गएका बालकको आमाको यसअघि नै रिपोर्ट नेगेटिभ आइसकेको छ । पेसाले पानी बोक्ने गाडी चलाउने बालकको बाबु र उनको सहचालकको पनि पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब पठाइएको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०