Wednesday, 26th August, 2026
वि.स.

थाहानगरका एक प्रहरीसहित २ मा कोरोना संक्रमण, संक्रमितहरु सामुदायिक कन्ट्याक ट्रेसिङ बाहिरका

COROOO-1599662902.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रमा २४ भाद्रमा थपिएको दुवैजना कोरोना संक्रमित सामुदायिक कन्ट्याक ट्रेसिङको नभएको पाइएको छ । संक्रमित मध्ये ३० वर्षिय पुरुष प्रहरी चौकी सिमभन्ज्याङमा कार्यरत प्रहरी भएको थाहा नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । त्यस्तै अर्का संक्रमित ७९ वर्षिय पुरुष थाहा–४ थानाबजारको रहेका छन् । 

१९ भाद्रमा स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा पठाइएका दुबै जनाको २४ भाद्रमा रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु दुवै जना नगर क्षेत्रभन्दा बाहिरबाट आएको ट्राभल हिस्ट्री रहेको डाक्टर उदय रोकाले जानकारी दिए । संक्रमित दुबैजनालाई हेटौंडा आइसोलेशन पठाइएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif