Saturday, 22nd August, 2026
वि.स.

थाहानगरका उप्रेती दुईदिनदेखि विपत्ता, खोजगिरिदिन आग्रह

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ का कान्छा उप्रेती बेपत्ता भएका छन् । 

 ५५ वर्षिया उप्रेती २९ माघ विहान थाहा–३ को दम्कीमा रहेको पसल खोलेपछि बेपत्ता भएको छोरा सुशील उप्रेतीले बताए ।  पसल र घर एकै घरमा भएका उप्रेती हराउपछि सुशीलले छिमेकीहरुलाइ खबर गरेका थिए ।  हराएका उप्रेतीले माेबाइल र साँचाे समेत पसलमै छोडेका छन् ।

२९ माघबाट छिमेकी तथा गाउालेहरुले आफन्त तथा अन्यत्र समेत खोजी गर्दा कहीकतै नभेटिएको छिमेकी श्रमिक लामाले बताए । उप्रेतीको खोजी गरिदिन छोरा सुशीलले सबैसामु अपील गरेका छन् ।  कोही कसैले देखेमा वा भेटेमा ९८६०६१९५७८ मा खबर गरिदिन आग्ह गरिएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif