Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर रिपोर्ट आयो 

corona-Update-1590842186.jpg

थाहा नगरपालिका र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) पोजेटिभ देखिएका ५ सहित ६ जनाको पिसिआर रिपोर्ट आएको छ । उनीहरु सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । 

आरडिटी पोजेटिभ देखिएलगतै उनीहरुलाई थाहा नगर क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरी परीक्षणका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा पठाइएको थियो । पठाइएकाहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको डाक्टर सुबोध चापागाईले जानकारी दिए । पिसिआरका लागि २ पुरुष र ४ महिलाको स्वाब पठाइएको थियो ।

थाहा नगरपालिका स्वास्थ्यकर्मीले १६ जेठमा गरेको आरडिटी परीक्षणमा ३ महिलासहित ५ जनाको पोजेटिभ देखिएको थियो । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०