Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका अनन्त ढकाल रिजन कोर्डिनेटर पदमा मनोनित

anantaw-1592846648.jpg

थाहा नगरपालिकाका लियो क्लब अफ पिस थाहानगरका बर्ष २०१९/०२० का अध्यक्ष लियो अनन्त ढकाल लियो क्लब जिल्ला परिषद ३२५ बि १ नेपाल २०२०/०२१ को लागि रिजन कोर्डिनेटर पदमा  मनोनीत भएका छन् । 

लायन बर्ष २०२०/०२१ का आगामी डिष्ट्रिक्ट अध्यक्ष लियो अदर्श मोहन भट्टराईले ढकाललाई  रिजन कोर्डिनेटर पदमा नियुक्त गरेका हुन् । जिल्ला परिषदले स्थानीय क्लबमा गरेको कामको मुल्यांकन गर्दै जिल्ला परिषदमा मोनोनीत गर्ने गर्दछ । 

ढकाल लियो क्लब मार्फत विभिन्न सामाजिक कार्यमा सकृय व्यक्ति हुन् । अध्यक्ष ढाकलले स्थानिय क्षेमा विभिन्न सामाजिक काम गर्दै जिल्ला परिषदबाट आफ्नो क्लबलाई अवार्ड समेत दिलाएका थिए ।  लायन्स तथा लियोको प्रत्येक कार्यकाल जुलाई १ तारिख देखी परिवर्तन हुने गर्दछ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०