Tuesday, 25th August, 2026
वि.स.

थाहानगरकाे चित्लाङमा दुर्लभ राजगोमन भेटियो

Snack-1598352800.jpg

दुर्लभ र विषालु मानिने राजगोमन (किङ्ग कोब्रा) प्रजातिको सर्प मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा भेटिएको छ । यही साउन ७ गते आइतबार राती चित्लाङका बुद्ध बलामीले आफ्नै घरभित्र अनौठो सर्प देखेपछि वडाध्यक्ष पर्शुराम श्रेष्ठलाई फोन गरेका थिए । बलामीले स्थानीय क्षेत्रमा पाइने सर्प छोपेर बसिरहेको अवस्थामा राजगोमनलाई देखेका थिए ।

भक्तपुरबाट सर्प उद्धार समूहका सदस्य बोलाइ ८ साउनमा राजगोमनको उद्धार गरिएको थियो । राजगोमन नौ फिट १० इन्च लामो र चार किलो तौलको रहेको छ । उद्धारपछि समूहका सदस्यले स्थानीयलाई राजगोमनको बारेमा जानकारी गराएका थिए । उद्धार गरिएको राजगोमनलाई चित्लाङस्थित चन्द्रागिरी जङ्गलमा लगेर सुरक्षित तवरले छाडिएकोे वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif