Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरः २ जनाको पिसिआर रिपोर्ट आयो, ८ जना आइसोलेशनमा

IMGL0793-1591437393.JPG

मकवानपुर थाहा नगरपालिकाका २ जनाको पिसिआर रिपोर्ट आएको छ । दार्जलिङबाट आएका थाहा नगरपालिका–१२ का एक पुरुष र एक महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको हेटौंडामै स्वाब संकलन गरी हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा पिसिआर परीक्षण गरिएको हो ।

यसैबीच भारतबाट आएका थाहा नगरपालिका वडा नम्बर ७ का आठ जनालाई हेटौंडा आइसोलेशनमा राखिएको उनीहरुको पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाइएको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 

त्यस्तै थाहानगर कोरोना क्वारेन्टाइनमा रहेका ३ जनको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा पठाइएको डाक्टर उदय रोकाले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०