Thursday, 20th August, 2026
वि.स.

थाहानगरः बिजुली बल्दैन, मोबाइल चल्दैन

NEA-NTC-1555549726.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रमा नेपाल टेलिकमको मोबाइलसेवा तीनदिनदेखि अवरुद्ध भएको छ । 

थाहानगर क्षेत्रमा विद्युत अवरोध हुने वित्तिकै संचार सेवा पनि विच्छेद हुने गरेको छ । टेलिकमको टावर रहेको दामनमा ३ वैशाख साँझबाट विद्युत आपूर्ति नहुँदा यस क्षेत्रका बासिन्दा संचार सम्पर्कबाट विच्छेद हुन परेको हो । नेपाल टेलिकमको सेवालाई प्रभावकारी बनाउनका लागि नगर प्रमुख लवशेर विष्टले पटक–पटक आग्रह गरेको बताए । उनले भने–‘टेलिकम प्रमुखले टावरका लागि ब्याकअप राख्ने हाम्रो नीति छैन, यसका लागि टेलिकमले नितीगत निर्णय गर्नुपर्छ ।’ 

थाहानगर क्षेत्रमा सामान्य हावाहुरी चल्दा पनि विद्युत अवरुद्ध हुने पुरानै समस्या हो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०