Dashai-Thaha-Nagar-1728205351.gif
Thursday, 14th November, 2024
वि.स.

थाहाको बज्रवाराही सहकारी जिल्लाकै सर्वोत्कृष्ट, पायो ‘डबल’ सम्मान

bajrabarai-sacos-1730113723.jpg

जिल्ला बचत तथा ऋण सहकारी संघमा आवद्ध मकवानपुरका बचत तथा ऋण सहकारी संस्थाहरुमध्ये थाहा नगरपालिकाको बज्रवाराही सहकारी संस्थाले एक साथ दुईवटा सम्मान तथा पुरस्कार प्राप्त गरेको छ । 

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मकवानपुर को १९ औ वार्षिक साधारण सभाको अवसरमा बज्रवाराही बचत तथा ऋण सहकारी संस्थालाई जिल्लाको सर्वोत्कृष्ट सहकारी संघको रुपमा र सहकारी एकीकरण प्रोत्साहनको रुपमा सम्मान गरिएको हो । 

आर्थीक वर्ष २०८०/८१ को समग्र कारोवार, वित्तीय व्यवस्थापन, तरलता व्यवस्थान, सदस्यलाई प्रदान गरिएको सेवा, प्रविधिको प्रयोग आदिको आधारमा बज्रवाराहीलाई जिल्लाकै उत्कृष्ट सहकारी पुरस्कारबाट सम्मानित गरिएको संस्थाका व्यवस्थापक रन्जित अर्यालले बताए । थाहा–६ स्थित उक्त सहकारी र थाहा–१० स्थित उत्पीडित उत्थान बचत तथा ऋण सहकारी संस्था लि. बीच हालै एकीकरण भई बज्रवाराही बचत तथा ऋण सहकारी संस्था बनेको हो । यसरी एकीकरण हुदाँ प्रोत्साहन स्वरुप प्रशंशा पत्र सहित सम्मानित गरिएको व्यवस्थापक अर्यालले बताए । 

हेटौंडामा सम्पन्न जिल्ला बचत तथा ऋण सहकारी संघको १९ औ वार्षिक साधारण सभामा बज्रवाराही सहकारी संस्थाका पदाधिकारीहरुले सम्मानपत्र ग्रहण गरेका थिए । संघका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि रहेका बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले सम्मान पत्र प्रदान गरेका थिए । 

सो अवसरमा बज्रवाराहीसँगै हेटौँडा–१५ स्थित महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई जिल्लाको सर्वोत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा सम्मान गरिएको थियो । 

थाहाको कुटेश्वरी र पाथीभरालाई पनि सम्मान
सोही अवसरमा संघले दैनिक कारोबारमा उत्कृष्ट ठहर गर्दै  थाहा नगरपालिका–७ स्थित कुटेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान गरेको छ ।  त्यसैगरी संघके सर्वाधिक शेयर खरिद गरेको भन्दा थाहा–२ स्थित ािथीभरा बचत तथा ऋण सहकारी संस्थालाई पनि सम्मान गरिएको छ । 

जिल्ला बचत तथा ऋण सहकारी संघको सेयर पुँजी ४ करोड ७६ लाख रुपैयाँ रहेको छ भने एक अर्ब २९ करोड ६१ लाख रुपैयाँ बचत संकलन रहेको छ । विभिन्न कोषहरुमा ४ करोड ५५ लाख रुपैयाँ रहेको संघले सदस्य सहकारीलाई १२ करोड ९३ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०







Machha-1727692880.jpg