Thursday, 2nd July, 2026
वि.स.

थाहाको पर्यटन विकासमा उत्साह थप्दै सकियो लियो जिल्ला परिषद् बैठक

‘दामन घुमफिर वर्ष–२०७५’ को प्रचारात्मक नारा सहित मकवानपुर थाहानगरमा लियो क्लब अफ पिस थाहाको आयोजनामा लियो जिल्ला परिषद् ३२५  बि १ नेपालको दोस्रो जिल्ला परिषद् बैठक कुशल व्यवस्थापनकासाथ सकिएको छ । २७ पौषबाट शुरु भएको बैठक दुईदिनसम्म संचालन भएको थियो । पालुङ जेसीज सभाहलमा भएको बैठकको प्रमुख अतिथि डस्ट्रिक गभर्नर लायन अशोक श्रेष्ठ रहेका थिए । मुलुकका विभिन्न आठ जिल्ला सहभागी रहेको कार्यक्रममा ३ सय पचास जनाको आतिथ्य रहेको थियो ।  बैठकमा बागलुङ, बेनी, पोखरा, गोर्खा, आबुखैरेनी, नुवाकोट, धादिङ , काठमाडौबाट सहभागी भएका थिए । सहभागीहरुले दामन घुमफिर गरेका थिए ।

जिल्ला परिषद् ३२५ बि १ नेपालको भावी योजना निर्माण तथा कार्यक्रमहरुको रिपोर्टिङ गर्ने उद्देश्यले आयोजना गरिएको हो । लियो क्लब अफ पिस थाहाका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक अनन्त ढकालको संयोजकत्वमा भएको लियो जिल्ला परिषद् ३२५ बि १ का नेपाल अध्यक्ष विशाल रिजालको सभाध्यक्षतामा भएको थियो । 

शोभायात्रामा सहभागीहरु लियो पदाअधिकारीकोसाथ अतिथीहरु ।

बैठकका अवसरमा २८ पौष विहान थाहा–१ ओखरबजारबाट दोबाटो हुँदै जेसीज सभासम्म शान्ति शन्ति ¥याली गरिएको थियो । बैठककामा राम्रो प्रस्तुति, उत्कृष्ट ब्यानर, धेरै सदस्य सहभागी क्लब, धेरै महिला सहभागी क्लब, राम्रो पोशाक, अनुसाशित क्लबहरुलाई अवार्ड समेत प्रदान गरिएको थाहानगरमा लियो क्लब अफ पिस थाहाका अध्यक्ष गणेश विष्टले जानकारी दिए । यस्तो वृहत्त कार्यक्रमहरु एकभन्दा बढि क्लबहरु मिलेर संयुक्त रुपमा गर्ने परम्परा रहेपनि थाहानगरका एउटै क्ल्बको आयोजनामा गर्न सफल भएकोमा अध्यक्ष विष्टले खुशी व्यक्त गर्दै सहयोगीहरुलाई धन्यवाद दिए । अधिकांश पहिलो पटक थाहानगर आएका अतिथीहरुले यहाँको पर्यटकीय अवस्था, घुमफिर गर्ने ठाउँहरुप्रति आकर्षित भएको प्रतिक्रिया दिएका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०