Monday, 17th August, 2026
वि.स.

थानाबजार-फेदीगाउँ-चल्ती सडकलाई रु. ५ करोड ६८ लाख

IMG_20240228_162246-1709116744.jpg

मकवानपुरको थाहा नगरपालिका अन्तर्गत पर्ने थानाबजार पुल,पालुङ, फेदीगाउँ, चिसापानी, चल्ती सडकका लागि ५ करोड ६८ लाखको स्रोत सुनिश्चित भएको छ ।

थाहा नगरपालिकाको २, ३ र ७ नम्बर वडालाई जोड्ने उक्त सडकका लागि बहुवर्षे योजना अन्तर्गत अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो । अर्थले चालु आर्थिक वर्षमा १ करोड ५० लाखको काम गर्नेसहितको ५ करोड ६८ लाखको स्रोत सुनिश्चित गरेको मकवानपुर प्रतिनीधिसभा क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाले जानकारी दिए ।

सो सडकका लागि आर्थिक वर्ष २०८०/०८१ का लागि १ करोड ५० लाख, ०८१/०८२ का लागि २ करोड ५३ लाख र आर्थिक वर्ष २०८२/०८३ का लागि १ करोड ६५ लाखको स्रोत सुनिश्चित भएको सांसद बर्तौलाले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif