Wednesday, 19th August, 2026
वि.स.

थाहाकाे बजारमा नगरपालिकाकाे अनुगमन, यस्ताेसम्म भेटियाे

anu6-1697119559.jpg

थाहा नगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेकाे छ ।

नगरपालिकाले २५ असाेजमा बजारमा रहेका खाद्यान्न, इन्धन, माछामासू, तरकारी, फलफूल, औषधि लगायत थोक तथा खुद्रा पसलमा अनुगमन गरेको हाे ।

अनुगमनकाे क्रममा म्याद गुज्रिएको सामान बेच्ने, मूल्य सूचि नराख्ने, नगरमा व्यवसाय दर्ता तथा नवीकरण नगर्ने जस्ता समस्या देखिएकाे छ ।

अनुगमनकाे क्रममा मापदण्डविपरीत संचालनमा रहेको पाइएपछि सरस्वतीबजारकाे एक औषधि पसल तत्कालका लागि बन्द गरिएकाे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए ।

नगर उपप्रमुख भरत गाेपाली नेतृत्वको अनुगमन टाेलीले म्याद गुज्रिएका सामानहरु बरामद गरेकाे छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif