nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाकाे ठाउँ-ठाउँमा दीप प्रज्वलन

IMG_20240130_211500-1706629848.jpg

थाहा नगरपालिकामा थाहा नगर कार्यपालिका लगायत विभिन्न संघसंस्थाले शहीद दिवसको अवसरमा १६ माघ साँझ दीप प्रज्ज्वलन गरी शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

थाहा नगरपालिकाको कार्यालय इन्द्रायणी चौरमा जनप्रतिनिधि र कर्मचारीहरुको सहभागितामा शहीदहरुको सम्झनामा दीप प्रज्ज्वलन गरिएको सामाजिक शाखा प्रमुख अनिल लामिछानेले बताए । लामिछानेले नगरपालिका अन्तर्गतका वडा कार्यालयहरुमा पनि दीप प्रज्ज्वलन गरिएको बताए ।

यसैगरी पालुङ जेसीजले पनि मंगलबार साँझ थाहा नगरको बुद्ध चोकमा दीप प्रज्ज्वलन गरेको छ । दीप प्रज्ज्वलन गर्दै पालुङ जेसीज वर्ष २०२४का अध्यक्ष निरज रायमाझीले शहीदको सपनालाई व्यवहारमा उतार्नुपर्ने बताए । रायमाझीले समाज परिवर्तनका आन्दोलन क्रममा भएका शहीदहरुको त्याग र बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्न सम्पूर्ण युवा लागिपर्नु पर्ने बताए ।

पालुङ जेसीजको आयोजनामा भएको दीप प्रज्ज्वलन कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषाेत्तम ढकाल, ईलाका प्रहरी कार्यलय पालुङका प्रमुख श्याम थापामगर, फरक सोचका संयोजक यादव जंग रायमाझी, लियो क्लब अफ पिस थाहानगरका अध्यक्ष रोशनी गोपाली, थाहा नगर उद्योग वाणिाज्य संघका कार्यसमिति सदस्य विश्वनाथ रायमाझी लगायत पदाधिकारीहरु, जेसीजका पूर्वअध्यक्षहरु, कार्यसमितिका पदाधिकारी, स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको महासचिव बिक्रम गोपालीले बताए ।

त्यस्तै पालुङ प्राथमिक स्वास्थ्यकेन्द्रका प्रमुख डाक्टर गगन कार्कीकाे नेतृत्वमा  शहीद दिवसको अवसरमा दीप प्रज्वलन  गरी शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरिएकाे स्वास्थ्य केन्द्रले जनाएकाे छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)