Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थप ६ करोड मानिस अति गरिबीको चपेटामा पर्ने

world-bank-1589953353.jpg

 विश्व बैंकले कोरोना महामारीका कारण विश्वका थप ६ करोडभन्दा धेरै मानिस गरिबीको चपेटामा पर्ने बताएको छ ।

विश्व बैंकका अध्यक्ष डेविड मालपासले महामारीका कारण अर्थव्यवस्थामा असर परी थप ६ करोडभन्दा धेरै मानिस गरिबीको चपेटामा पर्ने बताउनुभएको हो । विश्व बैंकले महामारीको कारण उत्पन्न हुने आर्थिक संकट कम गर्न एक सयवटा विकासशील देशका लागि एक सय ६० अर्ब डलरको सहायता दिने घोषणा पनि गरेको छ ।

यो सहायता कार्यक्रम १५ महिनासम्म चल्ने जनाइएको छ । यी एक सय देशमा विश्वको ७० प्रतिशत आवादी रहेको र धेरैजसो अफ्रिकी देश रहेको पनि विश्व बैंकले जनाएको छ ।

सहयोगले विकासशील देशहरूले गरिब र जोखिममा रहका वर्गको रक्षा, स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्न, निजी क्षेत्रको अवस्था कायम राख्न र आर्थिक सुधारमा  सहयोग पु¥याउने बैंकले जनाएको छ । कोरोना भाइरसको डरका कारण गरिएको लकडाउनले धेरैजसो व्यवसायहरु बन्द भएका छन् ।

व्यवसाय बन्द भएसँगै उत्पादन घट्नु तथा मानिसहरुको रोजगारी गुम्दा गरिवीको संख्या बढ्ने जनाइएको छ । कोरोनको संक्रमण अहिले बिश्वका दुइ सय १३ देशमा फैलिसकेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०