nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थप ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

gold_WChN5J6UEa-1625207261.jpg

१८ असारमा नेपाली बजारमा सुनको मूल्य थप ५०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो ।

गत बिहीबार प्रतितोला ६०० रुपैयाँले वृद्धि हुँदै सुन बजारमा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार १८ असारमा तेजाबी सुनको मूल्य समेत प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ पुगेको छ । 

यता, चाँदीको मूल्य भने गत बिहीबारकै मूल्य कायम हुँदै एक हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)