Tuesday, 25th August, 2026
वि.स.

थप ४७६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १३ हजार नाघ्यो

aa-1593427920.jpg

नेपालमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमितको संख्या १३ हजार नाघेको छ। सोमबार मात्र ४७६  जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सोमबार १३ हजार २४८ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।

आइतबार मात्र ४६३ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सोमबार नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको
संख्या १३ हजार  २४८  पुगेको हो। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७९१ र आरडीटी विधिबाट १ हजार ८२२ नमुना परीक्षण गरिएको छ।  प्रवक्ता गौतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६३० र आरडीटी विधिबाट २लाख ९७ हजार ८७१ जनाको नमुना परीक्षण गरिएको छ । 

अहिलेसम्म क्वारेन्टाइनमा ५७ हजार ३६८ र आइसोलेसनमा १० हजार ८५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १२१ पुगेको छ । कुल डिस्चार्ज हुनेको संख्या ३ हजार १३४ पुगेको छ। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif